अलमलमा आदिवासी जनजाति आन्दोलन

हिमाल खबर

काठमाडौँ

निनाम कुलुङ ‘मंगले’  

अंग्रेजी पात्रो अनुसार, हरेक ९ अगस्टका दिन विश्वभर ‘आदिवासी दिवस’ मनाउने गरिन्छ। केही वर्षदेखि नेपालमा पनि यो दिवस मनाउन थालिएको छ। तर, आदिवासी जनजातिभित्रको विभाजनले यो दिवसलाई केही फिका बनाउने गरेको छ।

मूलतः दुई खाले आदिवासी जनजाति छन्। एउटा सरकारी अर्थात् सूचीकृत। जसमा ५९ जाति छन्। दोस्रो, गैरसरकारी अर्थात् असूचीकृत/सूची उन्मुख आदिवासी जनजाति। अझ सरकारी आदिवासीभित्र पनि विभाजन छ। एउटा ‘ग्रेट-८’ अर्थात् धेरै जनसंख्या भएका आठ जाति र अर्को, थोरै जनसंख्या भएका बाँकी जाति छन्।

सरकारी आदिवासी जनजाति भन्नाले जुन दलको सरकार बन्यो, त्यही दलको समर्थक हुने आदिवासी जनजातिका अभियन्ता र नेता पर्छन्। उनीहरू आदिवासी जनजाति सम्बन्धी कार्यक्रम पनि अलग्गै गर्छन्। त्यस्तै, गैरसरकारी (सरकारमा नभएको दल)मा आबद्ध आदिवासी जनजातिका अभियन्ता तथा नेताले पनि त्यसरी नै अलग्गै कार्यक्रम गर्छन्।

 

प्रकाशित मिति: : 2021-08-09 21:27:00

प्रतिकृया दिनुहोस्