फिल्म ‘एक्स ९’ मा सौगात मल्लको इन्ट्री

File photo
File photo

फिल्म ‘एक्स ९’ मा अभिनेता सौगात मल्लले इन्ट्री गरेका छन्। 

मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्ममा सौगातले आइतबार कागजी सम्झौता गर्दै इन्ट्री गरेका हुन्। 

उनले तेस्रो पटक मुकुन्दसँँग काम गर्न लागेका हुन्। यस् अघि फिल्म ‘लप्पन छप्पन’ मा मुकुन्द र सौगातले काम गरिसकेका छन् भने उनले पहिलो पटक अनमोलसँग स्क्रिन सेयर गर्न लागेका हुन्। 

अनमोललाई भने अहनिबार नै निर्माण टिमले फिल्ममा अनुबन्ध गरेको हो। फिल्मलाई गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण गर्न लागिएको हो। उक्त फिल्ममा अनमोल र सौगातसँगै पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल, प्रियंका थापाको पनि अभिनय रहनेछ। 

प्रकाशित मिति: : 2021-08-09 21:51:00

प्रतिकृया दिनुहोस्