डुङ्गा दुर्घटनापछि बेपत्ता महिला मृत फेला

बिएल संवाददाता

सुदूरपश्चिम
Symbolic photo
Symbolic photo

आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने महिलालाई सोही नदीमा मृत फेला पारिएको छ। 

घटनास्थलवाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बेवारिसे शवको आज सनाखत गर्दा डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने मोहन्याल गाउँपालिका—३ की २० वर्षीया उर्मिला सलामी मगरको रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

साउन १७ गते कर्णाली नदीमा काठको डुङ्गा चढेर पारी सुर्खेत जिल्ला जाने क्रममा पल्टिएर डुङ्गा दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो । त्यसमा सवार पाँच जनाले पौडिएर ज्यान जोगाएका थिए। रासस 

प्रकाशित मिति: : 2021-08-09 22:03:00

प्रतिकृया दिनुहोस्