सत्ताको अलमलबीच ‘प्रतिगमनको नयाँ भेरियन्ट’को खतरा !

लोकान्तर

काठमाडौँ

सुशील पन्त

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको सोमवार २८ दिन पुगेको छ । संसदीय व्यवस्थामा नयाँ सरकारलाई १०० दिनसम्म प्रतिपक्षी दलले पनि आलोचना गर्दैनन्, हनिमुन पिरियड भनेर ।

‘जनादेश’बाट नभई परमादेशबाट बनेको सरकार भनेर सदनमा प्रतिपक्षी दलले सरकारविरुद्ध कटाक्ष गरिरहेको छ । सदनमा एमाले र कांग्रेसका सांसदहरूको जुहारी महजोडीको प्रहसनभन्दा कम देखिँदैन ।

प्रधानमन्त्री नियुक्त भएको २८ दिनमा देउवाले जनतामा आशा जगाउने खालका कामको शुरुआत गर्न सकेका छैनन् । अर्थात्, सरकारले अझै आफ्नो गति लिन र लय पक्रिन सकेको छैन । ‘खोप, खोप र खोप’लाई आफ्नो प्राथमिकता बताएका प्रधानमन्त्रीको प्राथमिकता ठीकै थियो । त्यसबाहेक सरकारले एक महिनामा जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको उल्लेख्य काम गर्न सकेको छैन।

सबभन्दा ठूलो कमजोरी देउवाले एक महिनासम्म आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्रीको शपथ लिएको दिन असार २९ गते मन्त्री बनेका चार जनाको भरमा देउवाले सत्ताको रथ हाँकिरहेका छन् । सत्तासाझेदार दलहरूसँग भागबण्डा नमिल्दा अधिकांश मन्त्रालय खाली छन् । 

प्रकाशित मिति: : 2021-08-09 22:28:00

प्रतिकृया दिनुहोस्