गायक तथा मोडल दुर्गेश थापाको तीज गीत ‘बिच्च बिच्चमा–५’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतकाे म्यूजिक भिडियाे साेमबार दुर्गेशकाे युट्युब च्यानलबाट सार्वजनिक गरिरएकाे हाे।
दुर्गेश आफैले शब्द/संगीत गरेकाे उक्त गीतमा दुर्गेश र वसन्त थापाकाे स्वर रहेकाे छ।
काजीस् श्रेष्ठले निर्देशन गरेकाे गीतकाे म्यूजिक भिडियाेमा दुर्गेशसँगै पल शाह जिविन-जिविस, आयुशी ढकाल, सिमोन कोन्जु लगायतकाे अभिनय रहेकाे छ। जसकाे सम्पादन मिलन विश्वकर्माले गरेका छन्।
दुर्गेशले केही हप्ताअघि पनि तीज गीत सार्वजनिक गरेका थिए। जसमा प्रयाेग भएका शब्दका कारण उनलाई राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानले कारवाही समेत गरेकाे छ।