मदिरा सेवन गरेर श्रीमतीको हत्या  

Symbolic photo
Symbolic photo

कास्कीमा मदिराको सेवन गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन्। 

जिल्लाको माछापुछ्रे गाउँपालिका २ बाझाखेतस्थित बसोबास गर्दै आएका ६५ वर्षीय श्रीराम कामीले आफ्नै श्रीमतीको हत्या गरेका हुन्।

५५ वर्षीया श्रीमाया कामीलाई मादक पदार्थ सेवन गरी सिलौटाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ। 

प्रदेश प्रहरी कार्यालय गण्डकीका वरिष्ठ उपरिक्षक नरबहादुर केसीका अनुसार कामीले श्रीमतीको टाउकोमा ढुंगा प्रहार गर्दा उनी घाइते भएकी थिइन्।

घाइते श्रीमाया कामीलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पाताल लागिएको थियो। सोही सोहि उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिए।

घटनास्थलमा प्रहरी टोली खटेर  कुटपिट गर्नेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए। 

प्रकाशित मिति: : 2021-08-10 18:49:00

प्रतिकृया दिनुहोस्