सरकारको श्वेतपत्र : यस्तो छ, ओली सरकारले छाडेर गएको अर्थतन्त्र

रातोपाटी

काठमाडौँ

प्रयास श्रेष्ठ

 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार प्रतिनिधिसभा मार्फत मुलुकको वर्तमान आर्थिक अवस्थाको जानकारी नामक ‘श्वेतपत्र’ जारी गरेको छ । कोभिड–१९ का बीच अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले छाडेर गएको मुलुकको आर्थिक अवस्था बारे सर्वसाधारणलाई जनाकारी दिने उद्देश्यले सरकारले श्वेतपत्र जारी गरेको हो ।

अघिल्लो सरकारको पालामा समेत तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तै श्वेतपत्र जारी गरेका थिए । त्यसबेला जारी श्वेतपत्रको चर्को आलोचना भएको थियो ।   

मंगलबार संघीय संसद् मार्फत् अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको ‘श्वेतपत्र’ मा अघिल्लो केपी ओली नेतृत्वको सरकारका पालामा मुलुकको अर्थतन्त्र खासै सुध्रन नसकेको बरु अघिको भन्दा पनि खस्किन पुगेको जिकिर गरिएको छ ।

केपी ओली नेतृत्वको ५ वर्षे स्थायी सरकार आउनुपूर्वको भन्दा पनि थप मुलुकको आर्थिक वृद्धिदर खस्किएर २.१ प्रतिशतले ऋणात्मक भएको, मूल्य वृद्धि नियन्त्रणमा खासै उपलब्धी नभएको, कुल गार्हस्थ्य​ उत्पादनको उपभोगमा तिब्रता आएको, राष्ट्रिय उत्पादनमा ह्रास आएको, आयात वृद्धि भई शोधनान्तर घाटा १५ अर्ब १५ करोड माथि पुगेको, विदेशी मुद्राको सञ्चिति घटेको, सार्वजनिक ऋण बढेर राष्ट्रिय बजेटको आकार भन्दा पनि ठूलो भएको लगायतको आरोप लगाइएको छ ।

प्रकाशित मिति: : 2021-08-10 21:57:00

प्रतिकृया दिनुहोस्