भुटानको सफलताको कथा : गरीबमा गनिने भूपरिवेष्ठित देशले एक्कासि कसरी गर्‍यो प्रगति ?

लोकान्तर

काठमाडौँ

 

विन्देश दहाल

भुटानले आफ्ना नागरिकलाई खोप लगाइसकेपछि उब्रेको २ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप अघिल्लो साता नेपाललाई उपलब्ध गराएपछि यहाँ (नेपालमा) भुटानसम्बन्धी चर्चा चुलिएको छ । 

केही वर्षअघिसम्म भुटान अल्पविकसित मुलुकका रूपमा रहेको थियो । एक्कासि भुटानले नेपाललाई खोप सहयोग गरेको सुन्दा धेरै अचम्मित पनि भए ।

तर अचम्म मान्नुपर्दैन, अहिले भुटान धेरै फेरिएको छ ।

एसियाली विकास बैंकको एक प्रतिवेदनअनुसार, भुटान एसियाकै सबभन्दा चाँडो वृद्धि भइरहेको अर्थतन्त्र हो । कोरोनाभाइरसका कारण यस आर्थिक वर्षमा भुटानको अर्थतन्त्र ३.४ प्रतिशतले घट्ने अनुमान गरिएको भए पनि सन् २०२२ मा अर्थतन्त्र ३.७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । भुटानले खोप अभियानमा सफलता पाएकाले अर्थतन्त्र उक्सिने प्रक्षेपण गरिएको हो । त्यहाँ खोप लगाउन मिल्ने वयस्क नागरिकमध्ये ९३ प्रतिशतले दुईवटै डोज लगाइसकेका छन् ।

केही दशक अघिसम्म पनि गरीब तथा विश्वबाट अलगथलग रहेको भुटानले लोभलाग्दो आर्थिक प्रगति गरेको छ । इकोनोमी डट्कममा प्रकाशित मूडीज एनालाइटिक्सका अनुसार, भुटानको अर्थतन्त्र जलविद्युत््, कृषि तथा वनपैदावारमा आधारित छ । भारतसँगको घनीभूत कारोबार तथा मौद्रिक सम्पर्कका कारण भुटानको अर्थतन्त्र बलियो बनेको हो 

प्रकाशित मिति: : 2021-08-10 22:01:00

प्रतिकृया दिनुहोस्