धुर्मुस–सुन्तलीको ‘तिमी मेरो शिवजी’ सार्वजनिक

हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मस–सुन्तली)को तीज गीत ‘तिमी मेरो शिवजी’को म्यूजिक भिडियो सार्वजनिक भएकाे छ। म्यूजिक भिडियो धुर्मुस–सुन्तलीकाे युट्युब च्यानलबाट साेमबार सार्वजनिक भएको हो।

गीत धुर्मुस–सुन्तली आफैँले गाएका छन्। धुर्मुस–सुन्तलीले यस गीतमार्फत पहिलो पटक गायनको यात्रा सुरु गरेका हुन्। हास्यात्मक शैलीमा निर्माण गरिएको गीतमा लय/शब्द पशुपति शर्माकाे रहेकाे छ।

भिडियोमा धुर्मुस-सुन्तलि लगायतका कलाकारकाे अभिनय रहेकाे छ। शुबिहानी फिल्मसको प्रस्तुति रहेको भिडियोकाे निर्देशन प्रकाश भट्टको गरेका छन्। राजेश घिमिरेले खिचेकाे भिडियाेकाे सम्पादन विष्णु  शर्माले गरेका छन्। 

प्रकाशित मिति: : 2021-08-11 16:12:00

प्रतिकृया दिनुहोस्