वडासदस्य छन्त्यालको निधन

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

ताराखोला गाउँपालिका–१ का वडा सदस्य खमबहादुर छन्त्यालको निधन भएको छ। ५० वर्षीय छन्त्यालको मुटु र कलेजोको समस्या थियो।

पोखरास्थित मणिपाल अस्पतालमा उपचारपछि छन्त्याललाई केही दिनअघि मात्र घरमा ल्याइएको थियो।

घरमै रहेका बेला गए राति एक्कासि उनको निधन भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए। गाउँपालिकाले विकासप्रेमी र जनताको सच्चा सेवक जनप्रतिनिधिलाई गुमाउनु परेको अध्यक्ष घर्तीको भनाइ छ।

छन्त्याल गत स्थानीय तहको चुनावमा खुला सदस्यतर्फ भारी मतले विजयी भएका थिए। दिवङ्गत छन्त्यालका श्रीमती, एक छोरा र एक छोरी छन्। 

प्रकाशित मिति: : 2021-08-11 18:10:00

प्रतिकृया दिनुहोस्