लज्जास्पद हारपछि सुहाङलाई मिलनको बधाई

इलाम–२ को उपनिर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचनमा भएको प्रतिस्पर्धा व्यक्तिगत नभएको प्रतिक्रिया दिएका छन्।

विजयी उम्मेदवार तथा एमाले नेता सुहाङ नेम्वाङलाई बधाई दिँदै उनले आफूहरूको प्रतिस्पर्धा इलामको पक्षमा काम गर्ने सन्दर्भमा रहेको उल्लेख गरेका छन्। 

लिम्बूले सामाजिक सञ्जालमा नेम्वाङसँगको तस्बिर सेयर गर्दै इलामेली जनताको पक्षमा काम गर्न आग्रहसमेत गरेका छन्।

‘बधाई मित्र सुहाङ! एउटा प्रक्रियामा हामी प्रतिस्पर्धी थियौँ। हाम्रो प्रतिस्पर्धा व्यक्ति–व्यक्तिबीचको नभएर इलाम र इलामेली जनताको पक्षमा काम गर्ने सन्दर्भमा थियो’, उनले भनेका छन्, ‘तपाईंको जित तपाईं अर्थात् एउटा व्यक्तिको मात्र जितको रूपमा कायम हुने छैन, समग्र इलाम र इलामेली जनताको जितमा रूपान्तरण हुने अपेक्षासहित हार्दिक बधाई तथा शुभकामना!’

नेम्बाङले २७ हजार ७७२ मतप्राप्त गर्दा लिम्बूले ५ हजार ५० मत पाएका छन्। निर्वाचन अघि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवार विजयी हुने आकलन गरेपनि अहिले जमानत जफत भएको छ।

प्रकाशित मिति: : 2024-04-30 15:08:00

प्रतिकृया दिनुहोस्