विदेशबाट ल्याएको २५ ग्राम सुन गायव भएपछि एयरपोर्टबाटै अपहरण

पक्राउ पर्ने अली र एमडी
पक्राउ पर्ने अली र एमडी

विदेशबाट ल्याएको २५ ग्राम सुन गायव भएपछि एक जना एयरपोर्टबाटै अपहरणमा परेका छन्। अपहरणमा पर्ने व्यक्ति सप्तरीको राजविराज नगरपालिका १३ बस्ने सितेन्द्र यादव रहेका छन्। 

यद्यपि यादवको प्रहरीले उद्धार गरिसकेको छ। यादव हिजो (सोमबार) कतारबाट काठमाडौँ एयरपोर्टमा आउनसाथ अपहरणमा परेका थिए। उनलाई अजिम अली र उनका साथी एमडी सनी अलाहीले अपहरण गरेका थिए। 

सर्लाहीको मलङ्गवा नगरपालिका ३ का २५ वर्षीय अली र एमडीले यावदलाई अपहरण गरी आफ्नो कोठा काठमाडौँको सिनामंगलमा बन्धक बनाएका थिए। बन्धक बनाएको खबरपछि प्रहरीले यावदको आज बिहान पौने ९ बजे उद्धार गरेको थियो। 

यस्तो छ घटना

यादव कतारबाट घर आउँदा मनसुर अलीले आफ्नो भतिज अजिम अलीलाई २५ ग्राम सुन दिनुभनी पठाइदिएका थिए। यादव हिजो त्रिभुवन विमास्थलमा उत्रिएर मनसुरले दिएको नम्बरमा फोन गरी उक्त सुन दिएका थिए। 

तर सुन अर्कै व्यक्तिले लगेका थिए। त्यसपछि अजिमले सुन हराएको भन्दै एयरपोर्टबाट अपहरण गरी यादवलाई आफ्नो कोठमा लगेका थिए। अजिमले ४ लाख ८० हजार दिए मात्र यावदलाई छाड्ने बताए। 

उनले यादवलाई कुटपिट पनि गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। साथै अजिम अलीले यावदको पास्पोर्ट तथा नगद रू १७ हजार ७ सय ४० रुपैयाँ लगेको थिए। 

प्रहरीमा यावकी श्रीमतिले अपहरणको खबर पर्याएपछि प्रहरी खोजतलासमा उत्रिएको थियो। खाेजीपछि अपहरणमा अली र एमडीकाे संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ। 

प्रकाशित मिति: : 2024-04-30 18:56:00

प्रतिकृया दिनुहोस्