मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्त

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन्।

उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गरेका हुन्।

प्रधानमन्त्रीले विश्वविद्यालयमा हुने दलीय भागबण्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गरेका थिए। सोही मेरिटोक्रेसीअनुसार नै उनीहरुलाई  नियुक्त गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

प्रकाशित मिति: : 2024-04-30 17:53:00

प्रतिकृया दिनुहोस्