इन्टरपोलको दुःख : त्यसै छाडिन्छन् विदेशमा समातिएका अपराधी

सुपुर्दगी सन्धी गर्न कहाँ छ समस्या ?

रातोपाटी

मदन ढुङ्गाना

गत वर्ष चैतको अन्तिममा इन्टरपोलका डीएसपी निशान्त श्रीवास्तवको टोली दुबईमा रहेका एक अभियुक्तलाई लिन काठमाडौंबाट हिँडे। तेह्रथुमको आठराई गाउँपालिका–४ मा भएको श्रीमती महिलाको हत्यामा संलग्न भन्दै मुख्य योजनाकार मानिएका काजीमान पुरी खासमा दुबईमा थिए।

दुबईमै बसेर उनले नेपालमा रहेकी श्रीमतीको हत्या योजना बनाए। योजनाअनुसार केही रकम खर्च गरेर भाइहरुमार्फत् श्रीमतीको हत्या गराए अनि दुबईकै लुकेर बसिरहे।

मुख्य योजनाकार र अभियुक्त मानिएका व्यक्ति विदेशमै भएपछि जिल्ला अदालत तेह्रथुमले नेपाल प्रहरीलाई काजीमानको खोजीका लागि आग्रह गर्यो। काजीमानको ठेगाना र रहेको देश पत्ता लागेपछि प्रहरीको इन्टरपोल (एनसीबी) शाखाले युएईको इन्टरपोल शाखालाई पत्र लेख्यो।

अदालतमा चलिरहेको मुद्दा, उनका भाइहरुको वयान, उनले पठाएको म्यासेज आदि सबै सबुत र प्रमाण राखेर पठाउँदा पनि युएई सरकारले शुरुमा काजीमानलाई समात्न चाहेन 

प्रकाशित मिति: : 2021-08-12 10:43:00

प्रतिकृया दिनुहोस्