पर्वतमा एकै घरका दाजुभाईले आफ्नै छोरीलाई बलात्कार गरेको घटना बाहिरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतले आफ्नै छोरी बलात्कार गर्नेलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ४४ वर्षय बाबु र ३६ वर्षीय आफ्नै काकाले १६ वर्षीया छोरीलाई बलात्कार गरेको हुन्।
वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार छोरीलाई बलात्कार गरेको गरेको प्रहरीले जनाएको छ।
बुबा र काकाविरुद्ध किशोरीका दाइले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका दाजुभाईलाई प्रहरी थुनामा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
प्रहरीले पक्राउ परेका र पीडितको विवरण गोप्य राखेको छ।