ज्ञानको ज्योति फैलिएको दिन अन्धविश्वासको जरो उखेलिनेछ

एक अमानवीय क्रुरताको २० वर्ष

महोत्तरीको मटिहानी९ सिमरदहीकी मरनीदेवी साहले ठ्याक्कै २० वर्षअघि ‘बोक्सी’ आरोपमा गाउँलेबाट चरम यातना भोगिन्। जति बेला उनी ४४ वर्षकी थिइन्, अहिले ६४ वर्ष पुगेकी छन्। छारे रोगले छिमेकीका छोरोको मृत्यु हुँदा मरनीदेवीले टुनामुना गरेर मारेको आरोप गाउँलेले लगाए। बेहोस बनाउने औषधि पूजाको प्रसादमा मिसाएर ख्वाइयो।

बेहोस भएपछि निर्घात कुटपिट गरियो। प्रहरीले उद्धार गरेपछि उनको ज्यान जोगियो। उनी ३२ वर्षको उमेरदेखि गाउँमा स्वास्थ्य स्वयंसेविकाको काम गर्थिन्। तर, बोक्सी आरोपको घटनापछि त्यसविरुद्धको अभियानमा समर्पित भइन्।

अन्धविश्वासको चक्कीमा पिसिएर बाँचेकी उनी २० वर्षदेखि बोक्सी आरोपविरुद्ध जनचेतना फैलाउँदै हिँडेकी छन्। अन्धविश्वास तथा रुढिवादी परम्पराविरुद्ध घुम्टोबाहिर निस्किएर आफूजस्तै अरूलाई जागरुक बनाउन क्रियाशील मरनीदेवीको दुःख, संघर्ष र सफलताबारे राजकरण महतोले गरेको कुराकानी :

प्रकाशित मिति: : 2021-08-13 06:50:00

प्रतिकृया दिनुहोस्