वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ स्थित ज्यामिरे खोलामा निर्माण गरिएको पक्की पुलको आज शुभारम्भ गरे।
सङ्घीय सरकारको रु ८९ लाख ६४ हजार, प्रदेश सरकारको रु ३० लाख र मकवानपुरगढीको रु दुई करोड १८ हजार चार सयका लागतमा निर्माण गरिएको सो पुलको कूल लम्बाइ २६.६५ मिटर र चौडाइ ७.२० मिटर छ।
सो अवसरमा उनले प्रदेश सरकार गठन भएको साढे तीन वर्षमा प्रदेशभरिमा ६२ पुल निर्माणका साथै चार सय किलोमिटर पक्की सडक निर्माण भएको जानकारी दिए। कार्यक्रममा मकवानपुरगढीका अध्यक्ष विदुर हुँमागाईंले गाउँपालिकाका विकासमा सबैले सहयोग पुर्याउन आग्रह गरे।