चियामा घातक विषादी

अन्नपूर्ण पोष्ट

तोयानाथ भट्टराई

संयुक्त अनुगमन समितिले हालै कन्याम चिया बगानको विषादी भण्डारण गृह सिल गर्‍यो। कडा विषादी प्रयोग मापदण्डविपरीत हुने गरेकाले अनुसन्धान गर्नुपर्ने त्यससम्बन्धी सूचनामा जनाइयो। बगानको स्वामित्व लिएको चिया विकास निगमले तीन दिनपछि गल्ती स्वीकार गर्‍यो। व्यवस्थापक लोकनाथ दंगालले भने, ‘नयाँ कर्मचारी आएकोले भूलवश विषादी खरिद गरेको रहेछ। त्यो पनि १ लिटर जति मात्र रहेछ। त्यहाँ पनि भुलचुक भएको छ।’ 

जहाँ क्लोरोपाइरिफस, साइपर मेथिनलगायत भेटिएको थियो। यी विषादी छर्किएपछि २१ दिनसम्म कुनै पनि कृषिउपज प्रयोग गर्न मिल्दैन। तर, हातले टिपेको चिया (मेसिनले पनि टिप्ने गरिन्छ) फेरि सात दिनमै टिप्न मिल्छ। ‘एल्लो लेबलको भए पनि यसको पर्खने समय कम्तीमा २१ दिन हुन्छ। किसानले यती समय पर्खेर चिया टिप्ने कुरो हुँदैन’, राष्ट्रिय चिया तथा कफी विकास कार्यालय फिक्कलका प्रमुख इन्द्र अधिकारी भन्छन्, ‘यो विषयमा सरकारको सक्रियता कमजोर नै छ।’ अधिकारीका अनुसार पातमा लागेपछि जरासम्मै विषाक्त हुने भएकाले यसको प्रयोग राम्रो मानिँदैन। 

प्रकाशित मिति: : 2021-08-15 08:33:00

प्रतिकृया दिनुहोस्