ऋचा शर्मा रियालिटी शो ‘कमेडी च्याम्पियन २’ बाट बाहिरिदैँ 

File photo
File photo

नेपालको लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ बाट अभिनेत्री ऋचा शर्मा बाहिरिने भएकी छन्। 

आमा बन्ने समय नजिकिदैँ गर्दा उनी शोको जर्जबाट निस्किन लागेकी हुन्। डाक्टरको सल्लाह बमोजिम नै आफूले शो छाड्न लागेको उनले बताएकी छन्। 

पहिलो सिजनबाट नै निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई रहेका छन्।

अन्तिम ५ मा पुगिसकेको शोमा आउँदो साता ऋचा उपस्थित हुने र त्यसपछि सहभागी नहुने शोका निर्देशक विशाल भण्डारी जानकारी दिए।

प्रकाशित मिति: : 2021-08-15 17:31:00

प्रतिकृया दिनुहोस्