अफगान विमानस्थलमा गोली चल्दा पाँचको मृत्यु 

Photo - cbsnewse
Photo - cbsnewse

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ।

प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार विमानस्थल भीडभाड हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

तालिबानले अफगानिस्तान कब्जा गरेपछि हजारौं मानिस राजधानी छाडेर विमानमा प्रवेश गर्न खोजेपछि गोलाबारी भएको हो। अमेरिकी सुरक्षा बलको नियन्त्रणमा रहेको विमानस्थलमा बाक्लो भीड रोक्न फायरिङ गरिएको बताइएको छ।

मृत्यु भएका पाँच जना गोली लागेर मारिएका हुन् वा भागदौडमा मारिएका भन्ने एकिन भइसकेको छैन।

काबुल अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सैनिकको नियन्त्रणमा भएपनि कन्धारको अन्तर्राष्ट्रिय विमानस्थल तालिबानले आफ्नो नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2021-08-16 14:20:00

प्रतिकृया दिनुहोस्