सपथका लागि जाँदैगर्दा मुख्यमन्त्री पोखरेलले मन्त्रीको सूचीबाट हटाएका डोबाटेलाई सभापति प्रस्ताव, डोबाटे अनिच्छुक

राजनीतिमा अनेक जालझेल हुन्छन्। यहाँ आफ्नो, अरुको भन्ने नै हुँदैन। जसले बाइपास गर्याे। उसैले जित्यो। पछिल्लो समय विकास भई रहेको घटनाले पनि यही पुष्टि गर्छ।

गण्डकीमा मन्त्रिपरिषद् विस्तार हुने क्रममा पनि यस्तै घटनाक्रम विकास भई दियो। राष्ट्रिय राजनीतिमै यसले ठूलो तरंग पैदा गराइ दियो। भर्खरै शैशव अस्थाको सरकारको खुबै आलोचना भयो। हो, मन्त्रीको शपथ लिन आउँदा आउँदै बाटैमा पाखा लगाइएका प्रदेश सभा सदस्य डोवाटे विश्वकर्माको नाम काटेर अर्का सांसदलाई मन्त्री बनाएपछि धेरैले आलोचना गरे। जातीय आरंक्षणका लागि पनि डोबाटे मन्त्री बनाइनु पर्ने मत सबैको थियो। सबै कुरा टुंगिएर सहमति जुटि सकेको थियो। अन्तिममा भई दियो अर्कै? 

आखिर के कारण थियो त्यस्तो? जसले अन्तिम समयमा आएर डोबाटेलाई पाखा लगाउनु पर्याे? यसको कारण खोतलेर सकिन्न। यो रहस्यमै छ। रहस्यमय नै रहने भयो। 

उनै,पाखा लगाइएका डोबाटे विश्वकर्मालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विधायन समितिको सभापति बन्न प्रस्ताव गरेका छन्। यसअघि एमालेका मोहन रेग्मी सभापति रहेको समितिको सभापति बन्न पोखरेलले डोबाटेलाई प्रस्ताव गरेका हुन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तिनै व्यक्ति हुन्। जसले जातीय समानता कायम राख्नकै लागि पोखरेल थर हटाएर नेपाली राखे। प्रजान्तान्त्रिक आन्दोलनका योद्धा। खारिएका राजनीतिज्ञ कृष्णचन्द्रले मुख्यमन्त्री भएपछि पनि डोबाटेलाई मन्त्री बनाउने आश्वासन दिएका थिए रे! भनेका थिए रे! ‘डोवाटे बिनाको मन्त्रिपरिषद् पनि के मन्त्रिपरिषद् ?’

मुख्यमन्त्री पोखरेलको पारिवारिक पृष्ठभुमि नै राजनीतिक। त्यही विरासतसँग जोडिएका डोवोटलाई कृष्णचन्द्रका बुवा गोबर्द्धन शर्माले नै राजनीतिमा ल्याएका थिए। 

अहिले भई रहेका विधायन समितिका सभापतिलाई हटाएर डोबाटेलाई सभापति बनाउने योजना अनुसार मुख्यमन्त्री नेपाली नेतृत्वको सरकारले योजना बनाई रहँदा डोबाटे भने सो पद लिन अनइच्छुक देखिएका छन्। लेखा समितिको जिम्मेवारी एमालेलाई दिएर डोवाटेलाई विधायन समितिको सभापति दिने तयारी मुख्यमन्त्री पोखरेलले थाले पनि डोवाटे पन्छिन खोजेका छन्।

यसअघि प्रदेश मामिला सभापतिमा नेपाली सरकारले जनमोर्चाका खिमविक्रम शाहीलाई नियुक्त गरि सकेको छ। सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरेपछि सो पद खालि थियो। यता, विधायन समितिमा डोवाटेलाई जिम्मेवारी दिने नेपाली सरकारले योजना बनाए पनि डोवाटे भने अघि नै बाटो लाग्ने प्रयासमा छन्। ‘मैले यसबारेमा केही सोचेकै छैन,’ संक्षीप्त प्रतिक्रिया दिँदै डोवाटेले भने।

मन्त्री हुनुअघि नाम काटिएर त रुष्ट हुनु भएको त होइन नि? हामीले सोध्यौं। ‘होइन, मैले यसबारे सोचेकै छैन,’ उनले भने। सायद, यसपालि पनि पाखा लगाइन्छु कि भन्ने डर सांसद डोवोटलाई छ। 

प्रकाशित मिति: : 2021-08-16 14:41:00

प्रतिकृया दिनुहोस्