तालिबानकाे सत्तापलटप्रति अफगानी महिला कलाकार आक्राेशित

यतिबेला विश्वको ध्यान अफगानिस्तानतर्फ छ। अफगानी कलाकार, खेलाडी, व्यवसायीहरुले बिग्रदै गएको देशको हालतप्रति दुख व्यक्त गर्दै तालिबानकाे गतिविधिप्रति आक्राेश व्यक्त गरेका छन्।

अफगानी कलाकार मेघन हुसेनले तालिबानको विद्रोही गतिविधिप्रति दुख व्यक्त गरेकी छन्। हाल उनी अमेरिकामा छिन्। तर उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, 'मेरो देशले भाेगिरहेको अवस्थाले म निकै दुखी छु। सबैले धैर्य गरौँ।'

त्यस्तै अफगानी गायिका सीता कासेमीले पनि आफूले देशको लागि प्राथना गरिरहेको बताएकी छन्। उनले ट्वीट गर्दै भनेकी छन्, 'देशको अवस्थाले हामी सबैलाई रुवाएको छ। सबैले आ-आफ्नो ठाउँबाट कामना गरौँ।'

त्यस्तै चर्चित अफगानी गायिका मेह्रांगेजले पनि आफगानिस्तानको अवस्थाले अहिले विश्वभरका मानव अधिकारकर्मीहरुलाई रुवाएको बताएकी छन्। साथै उनले तालिबानप्रति आक्रोश पनि व्यक्त गरेकी छन्।

प्रकाशित मिति: : 2021-08-16 16:14:00

प्रतिकृया दिनुहोस्