प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज पदमुक्त

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अहिराजलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेकी हुन्।

उनलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अहिराजलाई पदमुक्त गरेर  महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ गते अहिराजलाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो। 


 

प्रकाशित मिति: : 2021-08-17 11:45:00

प्रतिकृया दिनुहोस्