अमेरिकामा २४ वर्षीय प्रेमीले गरे ६१ वर्षकी प्रेमिकासँग विवाह !

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाको जर्जिया सहरमा २४ वर्षिय कुरान मेककेनले ६१ वर्षीय प्रेमिका चेरिल मेकग्रेगरसगँ विवाह गरेका छन्। 

एउटा प्रेमिका वा पत्नीको रुपमा मेकग्रेगर जस्तो रोमान्टिक महिला अर्को नहुने भन्दै कुरानले ९ वर्षको प्रेम सम्बन्धलाई विवाह परिवर्तन गरेका हुन्।  मेकग्रेगरसगँ यौन जिवन अत्यन्तै सुन्दर भएको कुरानको भनाइ छ। 

तर उनका मातापिता भने उनीहरुको वैवाहिक सम्बन्धबाट खुशी छैनन्। छोराले सम्पत्तिका लागि हजुरआमा जस्तो मान्छेसगँ विवाह गरेकोमा उनीहरुले असन्तुष्टि प्रकट गरेका छन्।

मेकग्रेगरको भने यो तेश्रो विवाह हो। पहिलो दुइ विवाहबाट उनको तीन सन्तान छन्।  

प्रकाशित मिति: : 2021-08-17 13:21:00

प्रतिकृया दिनुहोस्