थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग

बिएल संवाददाता

सिन्धुपाल्चोक
Symbolic photo
Symbolic photo

इन्द्रावती नदीमा गत असार १ गते आएको बाढी प्रभावित र विभिन्न स्थानमा गएको पहिराका कारण पीडितका लागि नेपाल ह्योल्मो समाजसेवा सङ्घले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

सङ्घका  अध्यक्ष पेमा ह्योल्मोले गाउँपालिकाका अध्यक्ष टासी लामालाई रकम हस्तान्तरण गरेका हुन्।

अध्यक्ष लामाले हेलम्बु, मेलम्ची र पाँचपोखरी क्षेत्रले अकल्पनीय प्राकृतिक विपत्ति व्यहोर्नु परेको र पुनः पहिलेकै अवस्थामा ल्याउन पालिकाको प्रयासले मात्रै सम्भव नभएकाले विभिन्न सङ्घसंस्था र दातृ निकायहरूको सहयोग महत्वपूर्ण हुने बताए। 

सङ्घका उपाध्यक्ष रेन्जेन दोङ्बा, डोल्मा कुमारी ह्योल्मो, महासचिव केसाङ ह्योल्मो, कोषाध्यक्ष नुर्पु डोल्मा लामा, पूर्णिमा ह्योल्मो लगायतको उपस्थिति थियो। 

सङ्घले यसअघि पनि क्षतिग्रस्त क्षेत्रमा आर्थिकसँगै खाद्यान्न, जस्तापाता लत्ताकपडा लगायतका विभिन्न सहयोग सामग्री वितरण गर्दै आइरहेको छ।


 

प्रकाशित मिति: : 2021-08-17 13:32:00

प्रतिकृया दिनुहोस्