शेखर कोइराला भन्छन्- अध्यादेश ल्याएर प्रधानमन्त्रीबाट चुक भयो, यो कांग्रेसको संस्कार होइन  

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताएका छन्।

नेता कोइरालाले ट्विटमार्फत सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्ने भन्दै त्यसलाई समर्थन गर्न नसकिने बताए।

‘सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न,’ कोइरालाले लेखेका छन्, ‘सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउनुपर्थ्यो। यो चुक प्रधानमन्त्रीबाट भयो। यो कांग्रेसको संस्कार होइन।’

प्रकाशित मिति: : 2021-08-17 17:15:00

प्रतिकृया दिनुहोस्