देउवा सभापति रहेसम्म कांग्रेस बदनाम भइरहन्छः शेरबहादुर तामाङ

नेकपा (एमाले)का नेता, सांसद एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशप्रति आफूहरु असतुन्ष्ट रहेको बताएका छन्।

उनले दल विभाजनसम्बन्धी सरकारले ल्याएकाे अध्यादेश गलत भएकाे जिकिर गर्दै यो निर्णयप्रति एमालेकाे पुर्ण रूपमा विराेध रहेकाे बताएका हुन्।

'संसदको हत्या गर्यो भन्नेहरुले आज संसद्को अधिवेशन अन्त्य गरेर एमालेलाई विभाजन गर्ने उद्देश्यका साथ अध्यादेश आएको छ', उनले भने, 'एमालेले यो निर्णयको पूरा विरोध गर्छ।’

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अफगानिस्तानमा फसेका नेपालीहरुको बारेमा सरकारको ध्यान नगएकाे पनि दावी गरे।

'कोरोना संक्रमणको दोस्रो लहरको अन्त्य हुन सकेको छैन। खोप आपूर्ति भएको छैन। संसदमा त्यो विषयमा छलफल गर्नुपर्ने होला। तर,त्यो सम्बन्धी सरकारको कुनै ध्यान छैन', उनले भने, 'यो सरकारको काम भनेको एमाले विभाजन गर्ने मात्रै हो।'

उनले थप्दै भने, 'देउवा सभापति रहेसम्म कांग्रेस पनि बदनाम भइरहन्छ।' देउवाले सांसदहरुको किनबेच गरेको पनि उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2021-08-17 19:33:00

प्रतिकृया दिनुहोस्