सत्ता कब्जापछि तालिबानको पहिलो पत्रकार सम्मेलन, अफगानिस्तानमा अब कुनै द्वन्द्व नहुने प्रतिबद्धता

Photo : cgtn.com
Photo : cgtn.com

अफगानिस्तानमा सत्ता कब्जा गरेपछि तालिबानले पहिलो पटक पत्रकार सम्मेलन गरेको छ।

पत्रकार सम्मेलनमा तालिबानले २० वर्षसम्मको लामो प्रयास पछि आफूहरु देशबाट विदेशीहरूलाई निकाल्न सफल भएको भन्दै खुशी व्यक्त गरेका छन्।

पत्रकारहरुसँग कुराकानी गर्दै तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफूहरुको जीत अफगानिस्तानकै लागि ऐतिहासिक क्षण भएको बताए। साथै अब अफगानिस्तानमा कुनै द्वन्द्वको अभ्यास नहुने पनि उनले बताए।

यसैबीच तालिबानले देशभित्र र देशबाहिरका सबै दुस्मनहरुलाई माफी दिने घोषणा गर्दै सौर्हाद वातावरण नयाँ सरकार गठन हुने बताएको छ। त्यस्तै सरिया कानुनका आधारमा महिलाहरुलाई पनि सरकारमा सहभागी गराइने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।



हेलिकप्टरमा पैसा भरेर यसरी भागेका थिए अफगानी राष्ट्रपति घानी 

अफगानिस्तानकाे नयाँ राष्ट्रपति बन्दै तालिबानका यी नेता

फेसबुकद्वारा तालिबानसम्बन्धी सामग्रीमाथि प्रतिबन्ध

प्रकाशित मिति: : 2021-08-17 21:34:00

प्रतिकृया दिनुहोस्