तालिबानलाई झट्का: अफगानी उपराष्ट्रपतिकाे दाबी- 'अब म नै देशको कार्यवाहक राष्ट्रपति हुँ'

Photo : AP
Photo : AP

विद्रोही संगठन तालिबानले सत्ता कब्जा गरेसँगै यतिबेला विश्वको ध्यान अफगानिस्तानतर्फ छ।

तालिबानले गत आइतबार काबुलस्थित राष्ट्रपति भवन कब्जा गर्नुअगावै राष्ट्रपति अशरफ घानीले देश छोडेर भागिसकेका थिए। उनले हेलिकप्टरमा पैसा राखेर अज्ञात ठाउँमा भागेको पनि विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन्।

यसैबीच अफगानिस्तानमा नयाँ ट्वीस्ट देखिएको छ। तालिबानले सत्ता कब्जा गरे पनि उपराष्ट्रपति अमरुल्लाह सालेहले भने अब आफू नै कार्यवाहक राष्ट्रपति भएको स्वघोषणा गरेका छन्।  राष्ट्रपति नहुँदा वा राजीनामा दिँदा कानून अनुसार नै आफू नै कार्यवाहक राष्ट्रपति भएको उनको दावी छ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो दावी गरेका हुन्। उनले भनेका छन्, 'अब अमेरिकासँग बहस गर्न आवश्यक छैन। देशको कार्यवाहक राष्ट्रपति म नै हुँ। वातावरणलाई सन्तुलनमा ल्याउन विभिन्न नेताहरुसँग प्रयास गरिरहेको छु। धैर्य गरिदिनुहोला।'

प्रकाशित मिति: : 2021-08-18 12:58:00

प्रतिकृया दिनुहोस्