रामवृक्षको नाममा राजनीतिक व्यापार गर्नेहरु संसदीय फाँसीवाद र काँग्रेसी षड्यन्त्रको मतियार बने: प्रभु साह

फाइल तस्वीर
फाइल तस्वीर

पूर्वमन्त्री प्रभु साहले शहिद रामवृक्ष यादवको नाममा राजनीतिक व्यापार गर्नेहरुले संसदीय फाँसीवाद र काँग्रेसी षडयन्त्रको मतियार बनेको आरोप लगाएका छन्।

शहिद रामवृक्ष यादवको २७ औं स्मृति दिवसको अवसरमा आज पूर्वमन्त्री साहले श्रद्धाञ्जली व्यक्त गर्दै उनको सपना पुरा गर्नका लागि निरन्तर संघर्षमा अगाडी बढनुपर्ने अहिलेको आश्यकत्ता रहेको जनाएका छन्।

‘उहाँको नाममा केवल राजनीतिक व्यापार मात्र गर्नेहरु त्यही संसदीय फाँसीवाद र कांग्रेसी षडयन्त्रको मतियार बनेको बेला उहाँको लडाईंलाई निरन्तर अगाडि बढाइरहेका तपाईं हामी सम्पूर्ण क्रान्तिकारीहरुलाई निरन्तर मजबुत आत्मबल एवं प्रेरणा मिलिरहने दृढआत्मविश्वाससहित कर्तव्यपथमा निरन्तर अगाडि बढन सबैमा एकमुष्ट हार्दिक अपिल समेत गर्दछु’ साहले भने।

संसदीय फाँसीवादविरुद्धको संघर्षका क्रममा कांग्रेसी षड्यन्त्रको अनुसार यादवको हत्या गरिएको भएतापनि उनको सपना आज पनि सबैको माझमा जीवितै छ। देशबाट संसदीय व्यवस्था फाल्ने लडाई उत्कर्षमा रहेको बेला आज यसलाई अन्तिम निष्कर्ष नदिएसम्म यादवको वास्तविक अर्थमा सम्मान हुन नसक्ने उनले जनाएका छन्।

‘नेपालको वामपन्थी आन्दोलनमा महत्वपूर्ण योग्दान गर्नुहुने एक शशक्त, जुझारू, कर्तव्यनिष्ठ एवं अथक योद्धा आदरणीय व्यक्तित्व तथा त्याग, बलिदान एवं उत्सर्गका प्रतिमुर्ती कमरेड रामवृक्ष यादवको २७ औं स्मृति दिवसको विशेष अवसरमा उहाँको योग्दानहरुको स्मरण गर्दै उहाँप्रति उच्च श्रद्धा एवं सम्मान भावसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’ उनले भनेका छन्।

प्रकाशित मिति: : 2021-08-18 13:55:00

प्रतिकृया दिनुहोस्