पाटन दरबार परिसरमा बिना मास्क प्रवेश निषेध गरिएको छ। महानगरपालिकाले मंगलबारदेखि लागु हुने गरी यस्तो नियमको व्यवस्था गरेको हो।
नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिना मास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र सेनिटाइजरसमेत वितरण गरिरहेका छौँ।”
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले यो नियम लागु गरेको बताए।