भीमफेदीको पान्द्राङमा पहिराका कारण यातायात अवरुद्ध

File photo
File photo

हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिराका कारण यातायात अवरुद्ध भएको छ। 

भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ। 

पहिराका कारण भीमफेदी हुँदै हेटौँडातर्फ आउने सवारीसाधन र भीमफेदीतर्फ जाने यात्रु समस्यामा परेका छन्। भैँसे प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको छ। उक्त स्थानमा यसअघि पनि माथिबाट खसेको पहिराका कारण यातायात अवरुद्ध हुने गरेको थियो। 

प्रकाशित मिति: : 2021-08-19 20:31:00

प्रतिकृया दिनुहोस्