‘नेपाल आइडल’का निर्णायकहरू परिवर्तन

चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ का निर्णायकहरू परिवर्तन भएका छन्।

फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो। नयाँ निर्णायकमा गायक शम्भूजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन्।

नेपाल आइडल सीजन–४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन्।

सीजन-३ सम्मका निर्णायकहरू न्यूह बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शो–मा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन–४ का लागि नयाँ निर्णायकहरू चयन गरेको हो।
 

प्रकाशित मिति: : 2021-08-20 15:56:00

प्रतिकृया दिनुहोस्