कर्मचारीले बेपत्ता बनाए मेलम्ची आयोजनाका २७ वटा गाडी

मेलम्ची खानेपानी आयोजनाका २७ वटा गाडी हराएका छन्।

मेलम्ची खानेपानी आयोजनाले कुल ३९ वडा गाडी किनेकोमा २७ वटा गाडी भने बेपत्ता पारिएका हुन्।

महालेखा परीक्षकको ५८औं वाषिर्क प्रतिवेदनले १० प्राडोसहित २७ वटा गाडी हराएको तथ्यांक सार्वजनिक गरेको हो।

आयोजना निर्माण र सुपरभिजनमा प्रयोग गर्नुपर्ने गाडीहरु विभिन्न उच्च अधिकारी, अधिकृत र कर्मचारीहरुले आफ्नो व्यक्तिगत प्रायोजनको लागि प्रयोग गर्दै आएको बताइएको छ।

ती गाडीहरु कसले कसरी कहाँ प्रयोग गरिरहेको छ भन्नेबारे कुनै जानकारी नभएको महालेखाले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-08-21 14:05:00

प्रतिकृया दिनुहोस्