लुम्बिनीका मुख्यमन्त्रीलाई पहिलो गाँसमै ढुंगा– न विश्वासको मत, न सरकारलाई पूर्णता !

लोकान्तर

प्रकाश आचार्य

लुम्बिनीमा सदनको अल्झन सुल्झाउन नसक्दा स्थगित प्रदेश सभाको बैठक सरेको सर्‍यै भएको छ । 

नयाँ सरकार बनेसँगै भदौ १ गतेबाट प्रदेशसभाको नवौं अधिवेशन शुरू भएको थियो । सोही बैठकबाटै नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने तयारीमा थिए । 

तर, प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सूर्य चिह्नबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडानमा छ ।

स्वतन्त्र राजनीतिक समूहमा रही सूर्य चिह्नबाट निर्वाचित विनाविभागीय मन्त्री अजय शाही र नेकपाबाट निर्वाचित बिमला वली खत्रीलाई पदमुक्त नगरेको भन्दै एमाले सभामुख पूर्णबहादुर घर्तीसँग रुष्ट छ । 

अहिले लुम्बिनीको सत्ता र राजनीति वली र शाहीमा केन्द्रित देखिएको छ ।  एमाले र माओवादी अलग–अलग भएपछि वलीले माओवादी रोजेकी छन् । 

प्रदेशसभा चर्चामा रहेकी वलीलाई सरकारले मन्त्री बनाउने तयारी गरेको छ ।

यसरी हेर्दा लुम्बिनीको राजनीतिमा अहिले दुई सांसदको लफडाले पेचिलो बनेको छ । 

नयाँ सरकार बनेको दुई हप्ता पुग्नै लाग्दा न सरकारले पूर्णता पाउन सकेको छ नत सदनको गतिरोध अन्त्य हुने संकेत नै देखिएको छ ।

मुख्यमन्त्री केसीले विश्वासको मत लिन प्रक्रिया अगाडि बढ्न नसकेपछि सदनमा मार्सल लगाएर भएपनि विश्वास मत लिनेसम्मको सोचमा पुगेको बताइएको छ । यो त्यति सहज देखिँदैन । यसले सदनमै भिडन्तको संकेत समेत देखिन्छ । 

प्रकाशित मिति: : 2021-08-22 12:07:00

प्रतिकृया दिनुहोस्