हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ लाई पुत्र लाभ

चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे र करुणा खड्का श्रेष्ठलाई पुत्र लाभ भएको छ। २०७५ साल वैशाख २८ गते लमजुङ भोटेओडारकी करुणा खड्कासँग बिवाह बन्धनमा बाँधिएका बल्छीलाई शनिबार पुत्र लाभ भएको हो।

बल्छी धुर्बेले सामाजिक सञ्जालमार्फत आफूलाई पुत्र लाभ भएको जानकारी गराएको हुन्। उनले लेखेका छन्, 'हाम्रो परिवारमा नयाँ सदस्यको आगमन।' पुत्रलाभ भएको अवसरमा बल्छी र करुणालाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेको छ।

'मेरी बास्सै' बाट बल्छी धुर्बेको नामबाट परिचित भएका मरिचमान श्रेष्ठले राजु पौडेलसंग मिलेर हाँस्य टेलिसिरियल ‘हल्का रमाइलो’ र सामाजिक विषयवस्तुमाथि ‘जुठे’ टेलिसिरियल निर्माण गरिरहेका छन्। त्यस्तै, बल्छीले काठमाडाैँमा फुटसल पनि सञ्चालन गरेका छन्।

अभिनयसंगै गायनमा पनि उत्तिकै अब्बल बल्छीले केही साता अघि तीज गीत ‘पारीवन हरियो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए। उक्त गीतमा मरिचमानले स्वर दिएका छन्।

प्रकाशित मिति: : 2021-08-22 15:12:00

प्रतिकृया दिनुहोस्