प्रधानमन्त्री देउवालाई भाजपाका यी नेताले किन भेटे बालुवाटारमा ?

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको लगभग महिना बितिसकेको छ।

महिना दिनदेखि बितिसक्दासम्म पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। यसो त दल दर्ताको प्रक्रिया सकिएलगतै नयाँ दल गठन प्रक्रियामा माधवकुमार नेपाल समूहलाई पनि समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी चलिरहेको प्रधानमन्त्रीनिकटका नेताहरूले बताउँदै आएका छन्।

सरकारले दलसम्बन्धी अध्यादेश ल्याएपछि राजनीतिक वृतमा नयाँ तरंग पनि पैदा भएको छ। अध्यादेश आएपछि भारतीय नेताहरूको नेपाल भ्रमण बाक्लिएकाे छ। केही दिन अघिदेखि भारतीय जनता पार्टीका शीर्ष नेताहरु काठमाडौँ केन्द्रीत रहेका छन्।

यहीँबीच देउवाको नेतृत्वमा सरकार गठन भएपछि भारतीय नेताहरूले पनि नेपालमा आफ्नो गतिविधिहरुलाई तीब्र पारेका छन्। भाजपाको विदेश विभागका प्रमुख डा. विजय चौथाइवालेले आइतबार प्रधानमन्त्री देउवासँग भेटवार्ता समेत गरिसकेका छन्।

देउवासँग डा. चौथाइवाले बालुवाटारमा आइतबार भेटवार्ता गरेकाे कांग्रेस नेता प्रकाशशरण महतले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्। भाजपा विदेश विभाग प्रमुख समेत रहेका  चौथाइवालेसँगकाे भेटपछि कांग्रेस महतले भनेका छन्, ‘मलाई विश्वास छ, यो बैठकले नयाँ सुरुवात गर्नेछ।’

प्रधानमन्त्री देउवासँग भाजपा नेता डा. चौथाइवाले भेट गरी पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गरेकाे बालुवाटार स्राेतले जनाएकाे छ। बालुवाटारमा भएको भेट द्विपक्षीय सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण रहेकाे बताइएको छ।

देउवा नेतृत्वकाे सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि भारतीय नेताहरूको नेपाल भ्रमण बाक्लिएकाे छ। केही दिन अघिदेखि भारतीय जनता पार्टीका शीर्ष नेताहरु काठमाडौँ केन्द्रीत छन्।

डा. चौथाइवालेले भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट समकक्षी देउवालाई सफल कार्यकालको शुभकामना सुनाएका थिए। उनीहरूबीच दुई पक्षीय सम्बन्धबारे समेत चर्चा भएको कांग्रेस नेताहरूले बताएका छन्।

प्रकाशित मिति: : 2021-08-23 07:12:00

प्रतिकृया दिनुहोस्