बलिउड अभिनेत्री स्वरा भाष्कर बेला-बेलामा चर्चामा आइरहन्छिन्।
संयोगले चर्चामा आउँछिन् या चर्चाकै लागि संयोग जुराउछिन् यो भने स्वरा नै जानुन्। उनी सामाजिक सञ्जालमा पनि सक्रिय रहेको पाइन्छ।
पछिल्लो समय उनले दिएको अभिव्यक्तिले उनी फेरि चर्चामा आएर ट्रोलको शिकार भएकी छन्।
स्वराले आफूले जति राम्रो काम गरे पनि दर्शकहरुले भने चलचित्र विरे दी वेडिङको हस्तमैथुनको दृष्यसँग जोडिरहेको भन्दै दुखेसो व्यक्त गरेकी छिन्।
उनले भनेकी छन्, ‘सोसल मिडिया एउटा भर्चुअल पब्लिक स्पेस हो। विरे दी वेडिङको रिलिजपछि मानिसहरुले मलाई केवल हस्तमैथुनको दृश्य र माझी औंलासँग जोडिरहन्छन्। यसले म निकै दुखी छु।’
पछिल्लो समय उनको नयाँ चलचित्र शीर कोर रिलिज हुने तयारीमा छ।