फिल्म 'एक्स ९'मा कलाकारहरुलाई भित्र्याउने क्रम जारी छ। केही समय अघि अभिनेता अनमोल केसी ,सौगात मल्ल र राज कटुवालले'एक्स ९'सँग जोडीसकेका छन्।
यो सँगै अभिनेता पुष्प खड्का पनि फिल्म 'एक्स ९'अनुबन्धित भएका छन्।कागजी सम्झौता गर्दै निर्माण टिमले पुष्पलाई फिल्ममा भित्र्याएका हुन्।
नेपालसँगै युरोप, आबुधाबी र क्यानडामा फिल्मको लोकेसन सेट गरिएको छ। नेपालकै सबैभन्दा ठुलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ को कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन्।
दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजीव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन्।फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्ने निर्माण टिमको योजना छ।