एमाले अध्यक्ष ओलीले डाके स्थायी कमिटी बैठक, १० बुँदे प्रस्ताव कार्यान्वयन गरेर पार्टी अघि बढ्नेमा दोस्रो तहका नेतालाई पारे आश्वस्त 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बस्ने गरी स्थायी कमिटीको बैठक डाकेका छन्। बैठकमा विगतमा माधव नेपाल समूहमा लागेका नेताहरु पनि सहभागी हुने जनाइएको छ। 

माधव नेपालले बेग्लै पार्टी गठन गरेपछि 'तेस्रो धार' भनेर पार्टी एकताका लागि क्रियाशील नेपाल समूहमा लागेका नेताहरु सोमबार बिहानै बालकोट पुगेका थिए । छलफलमा संस्थापन पक्षबाट ओलीसहित एमाले महासचिव ईश्वर पोखरेल सहभागी भएका थिए। प्रदीप ज्ञवाली  केही बेर ढिलो गरी बालकोट पुगेका थिए ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गर्न मध्यमार्गी धारका नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र योगेश भट्टराई थिए ।

छलफलमा ओलीले कार्यदलको १० बुँदे प्रस्ताव कार्यान्वयन गरेर अघि बढ्ने सहमति जनाएका थिए। नेपाल  पक्षको कारवाही फिर्ता गर्न अस्वीकार गरेका थिए ।



एमाले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न तयार, माधव नेपाललाई कारवाही फिर्ता र दोस्रो अध्यक्ष दिन अस्वीकार

प्रकाशित मिति: : 2021-08-23 14:31:00

प्रतिकृया दिनुहोस्