जहाँपुग्यो त्यहीँ ठग्ने एक नटवरलालको कथा: ठेकेदार र हाइड्रोको सीईओ हुँ भन्दै डेढ करोड ठगी

लोकान्तर

गगन अर्याल

नामः रविकुमार सिंह 

जन्मः लाटीकोइली– ७ सुर्खेत

स्थायी बासस्थान : टीकापुर– ९, कैलाली

जन्म मिति : २०३५ भदौ १६ 

काम गर्ने स्थान : रोयल हाइड्रो कन्स्ट्रसन कम्पनीको सीईओ र इञ्जिनीयर,

साथमा सुजुकी कम्पनीका दुईवटा गाडी (सेतो र खैरो), २ वटा मोटरसाइकल 

देव विकास बैंकमा खाता, ग्लोबल आइएमई बैंकमा खाता, बैक अफ काठमाडौंमा खाता  र तिनका एटीएम साथै मास्टर कार्ड, कल्ब कार्ड । हाइफाइ लाइफ स्टाइल । 

झट्ट हेर्दा जो कोहीले भन्छ, यो त ठूलै मान्छे रहेछ । १०/२० लाख नपत्याउने कुरै भएन । तर उसको यो पहिचान नक्कली हो । बरु वास्तविक नाम शेरसिंह भन्ने रवि सिंह हो ।

भारतको हिमाञ्चाल प्रदेश रामपुर गसेरा जिम्लाको नोगली पञ्चायत घर भएको सिंह ललितपुरको महालक्ष्मी नगरपालिका– ५ सेतीपाखा बस्दै आएको थियो ।

उसले कसरी बनायो यो पहिचान ? कसरी जुटायो गाडी र बाइक ? यो रहस्य तब खुल्यो जब चुरियामाई इन्टरप्राइजेज जडिबुटीका सञ्चालक कृष्णहरि गौतमले महानगरीय अपराध महाशाखामा उजुरी दिए ।

प्रकाशित मिति: : 2021-08-23 17:07:00

प्रतिकृया दिनुहोस्