तेस्रो धारका नेतालाई प्रश्न : केपी ओली सुध्रिएकै हुन् ?

रातोपाटी

काठमाडाैं

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्ट ‘तेस्रो धार’का नेता हुन्। एमालेको तेस्रो धारमा रहेका नेताहरुले सोमबार बालकोटमा पुगेर अध्यक्ष केपी ओलीसँग वार्ता गरेका छन्। वार्तामा के भयो भन्ने चासो एमाले कार्यकर्ता पंक्तिमा बढेको छ।

पहिले माधव नेपालको समूहमा रहेका भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तको ‘तेस्रो धार’ वाला टोली अब केपी ओली समूहमै फर्कन लागेको हो त ? यसबारे एमालेजनमा चासो देखिएको छ।

बालकोटमा केपी ओलीसँग भएको वार्ता सकारात्मक रहेको र एकताको वातावरण बनेको नेताहरुले दाबी गरिरहँदा माधव नेपाल पक्ष भने ‘ब्याक’ नहुने विश्लेषण सुनिन थालेको छ।

यिनै सन्दर्भमा रातोपाटीले तेस्रो धारका नेता गोकर्ण विष्टसँग अब केपी ओली सुध्रिएका हुन् त भनेर सोधेको छ। हामीले विष्टलाई यो पनि सोधका छौं, अब माधव नेपालविनाको एमालेमा तपाईहरु समाहित हुन लाग्नुभएकै हो त ?

 

प्रकाशित मिति: : 2021-08-24 07:04:00

प्रतिकृया दिनुहोस्