‘देउवालाई हराउन एकल उम्मेदवारी आवश्यक छ’

पुरानो पात नझरी हाँगा लुछ्न थाल्यौँ भने रुख मर्छ : बलबहादुर केसी

रातोपाटी

लोकेन्द्र भट्ट

नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनको प्राविधिक तयारी पूरा भएको छ । अब नेताहरू चुनावी रणनीति बनाउन जुटेका छन् । यससँगै सभापतिका आकाङ्क्षीहरू आफ्नो टिम निर्माण एवं विस्तारको आन्तरिक तयारीमा जुटेका छन् ।

वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित करिब एक दर्जन नेता सभापतिका दाबेदार देखिएका छन् । देउवा पक्षबाट तीनजना र पौडेल पक्षबाट ६ जना सभापतिको लाइनमा उभिएका छन् । त्यस्तै, कृष्णप्रसाद सिटौला पनि सभापतिको तयारीमा देखिन्छन् ।

देउवाले आफ्नो पक्षबाट सभापतिमा दाबी गरिरहेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र वर्तमान उपसभापति विमलेन्द्र निधिको चुनौतीलाई सामान्यरूपमै लिएको देखिन्छ । उता, पौडेल पक्षका नेताले भने देउवालाई पराजित गर्न एकल उम्मेदवारीको अपरिहार्यता रहेको निष्कर्ष निकालेका छन् ।

वडा अधिवेशनअघि नै पौडेल पक्षबाट एकल उम्मेदवारी तय गर्ने गृहकार्य भइरहेको नेता बलबहादुर केसीले कुराकानीमा सुनाए । उनी भन्छन् ‘शेरबहादुरबाट काँग्रेस जोगाउन सबै एक ठाउँमा आउन अपरिहार्य छ । त्यसो हुँदा शेरबहादुरलाई काँग्रेसबाट किनारा लगाउन सकिन्छ भन्ने मलाई लागेको छ ।’

प्रकाशित मिति: : 2021-08-24 13:45:00

प्रतिकृया दिनुहोस्