भीम रावलप्रति माधव नेपालका सम्धी रुष्ट, पार्टी फुटाउन विधान लेख्ने रावलसहित नौ नेताहरु नेपाललाई छाडेर एमालेमा फर्कनु अपराध 

सोमप्रसाद पाण्डे र माधवकुमार नेपाल
सोमप्रसाद पाण्डे र माधवकुमार नेपाल

नेकपा एमाले फुटाएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठनको गृहकार्यमा रहेका नेताहरु एमाले उपाध्यक्ष भीमबहादुर रावलप्रति निकै आक्रोशित देखिएका छन्।

नेपालनिकट नेताहरूले रावलले नेपाललाई पार्टी फुटाउन उक्साएर आफूले धोका दिएको बताए।

माधव नेपालका सम्धीसमेत रहेका उनीनिकट एमाले केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले भनेका छन्, 'माधव नेपाललाई पार्टी फुटाउन उक्साउने र बाध्य पार्ने भीम रावल हो। स्थायी कमिटीका नेपाल पक्षधर सबै नेता हुन्। अलग पार्टी गठन गर्ने भनी भीम रावलले विधान लेखेका हुन्। अरुले त्यसमा साथ दिएका हुन्।'

एक टेलिभिजन अन्तर्वार्तामा सोमबार प्रतिनिधिसभा सदस्य रहेका एमाले केन्द्रीय सदस्य पाण्डेले भने, 'मैले भीम रावललाई उहाँको घरमा गएर पार्टी फुटाउन हुन्न भनेको थिएँ। विधान लेखिरहेका उहाँले मलाई तपाइँ चूप लाग्नुस् भन्दै हप्काउनुभयो।'

पाण्डेले नेपाललाई पार्टी फुटाउन उक्साउने तर बीचैमा छाडेर एमालेमा फर्कने रावल लगायतका नौ जना स्थायी कमिटी सदस्यले अपराध गरेको पनि आरोप लगाए। 'वरिष्ठ नेता नेपाललाई पार्टी फुटाउन उक्साएर आफू चाहिँ एमालेमै फर्कनु अपराध हो हेर्नुस्। पार्टी फूटाउने निर्णय माधव कमरेड एक्लैले गरेको होइन', उनले भने।

प्रकाशित मिति: : 2021-08-24 14:12:00

प्रतिकृया दिनुहोस्