गायिका रचना रिमालको नयाँ तिज गीत 'तिजको महिना छ' बाेलकाे गीत सार्वजनिक भएकाे छ। गीत मंगलबार रिमालकै युट्युब च्यानल मार्फत् सार्वजनिक भएकाे हाे।
डिपी खनालले लेखेकाे उक्त गीतमा लय नवीन कार्कील रहेकाे छ। गीतको एरेन्ज मिक्सिङ विशाल निरौलाले गरेका छन्l गीतकाे म्यूजिक भिडियोमा अनिता बस्नेत, सविना आचार्य, रक्षा बुढाथोकी र एलिना राणा लगायतकाे अभिनय रहेकाे छ।
मिराज अर्यालको सम्पादन तथा छायाङ्कन रहेको सार्वजनिक भिडियोलाई योगेन्द्र कार्कीले निर्देशन गरेका हुन्।