लागूऔषध ट्रान्जिट नेपालः अफगानिस्तान र ब्राजिलबाट यसरी हुन्छ हेरोइनदेखि कोकेनसम्म ओसारपसार !

लोकान्तर

गगन अर्याल

लागूऔषध नियन्त्रण ब्यूरोले एक साता लगाएर पक्राउ गरेका ९ जनालाई साउन १८ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो । 

विशेष सूचनाका आधारमा साउन ७ गतेदेखि १४ गतेसम्म उनीहरूलाई काठमाडौंको रानीबारी, पकनाजोल, टोखा, गल्कोपाखा र कोटेश्वरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका ९ जना एउटै समूहका व्यक्तिहरू थिए । 

चितवनको भरतपुर महानगरपालिका–३ का ४५ वर्षीय सुरोज गुरुङ, काठमाडौं रानीबारीकी ४३ वर्षीया अञ्जु थापा मगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, रक्की आलेमगर र २३ वर्षीया रायल थापा मगर, भारत दक्षिण गोवा नग्गावरवडा घर भएका ३९ वर्षीय सन्दीप पटेल, धादिङको नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मिराज ढकाल, काठमाडौं झोँछेका ४९ वर्षीय सुदन शाक्य र धादिङ निलकण्ठ नगरपालिका– ११ का २७ वर्षीय मछिन्द्र धमलालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।

उनीहरूको साथबाट लागूऔषध कोकेनसहित ७ लाख नगद पनि बरामद गरिएको थियो ।

बोलिभियाका कोकेन कारोवारी रोबर्टो कार्लोससँग भएको कोकेन अञ्जु थापा मगरले चोरी गरेर बजारमा बिक्री गरेको देखिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवनराम श्रेष्ठले बताए । 

‘अञ्जुले २०७६ मंसिर २९ गते कार्लोसको कोठाबाट चोरी गरेको ज्याकेटबाट नै यो सारा प्रकरणको शुरूआत भएको देखिन्छ,’ एसपी श्रेष्ठले भने, ‘त्यहाँबाट ल्याएको कोकेन बिक्री गर्ने क्रममा नै उनी लागूऔषध कारोवारी बनेको देखिएको छ ।’

प्रकाशित मिति: : 2021-08-24 18:02:00

प्रतिकृया दिनुहोस्