अभिनेता गौरव पहारी चलचित्र 'काँडेतार'मा अनुबन्धित भएका छन्।
अभिनेता, निर्देशक तथा निर्माता नवल खड्काले औपचारिक सम्झौता गर्दै गौरवलाई चलचित्रमा अनुबन्धित गराएका हुन्।
नवलले निर्माण गर्न लागेको उक्त चलचित्र देशभक्ति कथामा आधारित रहने बताइएको छ। नवलले यसअघि 'दशगज्जा', 'भिमदत्त'लगायतका चलचित्रसमेत निर्माण गरिसकेका छन्।
गौरवसँग यो उनको पहिलो सहकार्य हो। गौरवले पनि हालै फिल्म ‘लाइफ इन एलए’ छायाङ्कन सकाएका थिए।
अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित रहेको चलचित्रमा गौरव र शिल्पा मास्के मुख्य भूमिकामा छन्।