हाेसियार! फोहोरमैला उठाउने भेषमा चाेरी गर्ने एकजना पक्राउ

कार्टूनका टुक्रा र फोहोरमैला उठाउने भेषमा चाेरी गर्ने एक जना पक्राउ परेका छन्।

बालकुमारी बस्ने 'झोक्की' भन्ने कुमार तोलाङ्गेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हाे।

तोलाङ्गेले उपत्यकाको विभिन्न स्थानमा कार्टूनका टुक्राहरु र फोहोरमैला उठाउने भेष बनाएर घरमा काेही नभएकाे बेला सुनसान वातावरणमा चोरी गर्दै आएका थिए।

उनले घरमा कोही नभएको मौका छोपेर नगद, ल्यापटप, मोबाईल तथा सुनचाँदीका गर–गहनाहरु चोरेकाे स्वीकार गरिसकेका छन्। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त (ठिमी) भक्तपुर पठाईएको छ।

अनुसन्धानको क्रममा उनको साथबाट ल्यापटप दुई थान, मोबाईल एक थानसमेत बरामद गरेको महाशाखाले जनाएको  छ।

प्रकाशित मिति: : 2021-08-25 20:37:00

प्रतिकृया दिनुहोस्