माधव नेपालको पार्टीलाई मान्यता, केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा

निर्वाचन आयोगले माधवकुमार नेपालको नयाँ पाटी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ता गरेको छ।

एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए।

नेपालको पार्टीको केन्द्रीय कार्यालय नया बानेश्वर तोकिएको छ।

प्रकाशित मिति: : 2021-08-25 21:23:00

प्रतिकृया दिनुहोस्