विष्णु माझीप्रतिको चासो र कन्टेन्ट,‘चरी जेलैमा’ले राख्यो रेकर्ड 

लाेकदाेहरी गायिका विष्णु माझी यती बेला चर्चामा छिन्। केही दिनअघि सार्वजनिक भएकाे तीज ‘चरी जेलैमा’काे चर्चासँगै उनी चर्चामा आएकी हुन्।सार्वजनिक जीवनबाट गुमनाम गायिका विष्णु माझी के कारणले बाहिर देखिन मानिन् भन्ने कुराले अहिले सामाजिक सञ्जालमा धेरैको ध्यान आकर्षण गराएको छ। 

सो गीत उनकै जीवन सँग मेल खाएको अड्कल काट्दै दर्शकहरूले उनी माथि चियो चर्चा गर्न पनि थालेका छन्। गुमनामकै चर्चा चल्दा चल्दै म्युजिक भिडियो ‘चरी जेलैमा’ लाई अहिले बडो फाइदा भएको छ।

विष्णु माझीप्रतिको चासो र कन्टेन्टको कारण गीतले गतिलो भ्यूज बटुलेको छ। यसो त उनका सबै गीतहरू हिट नै छ। तर,यस गीतले भने रेकर्ड नै तोडेको छ। पछिल्लो २४ घण्टामा म्युजिक भिडियोलाई १० लाख पटक हेरिएको छ। विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’लाई भिडिओ साझेदारी साइट युट्युवबाट रिलिज भएको गीतलाई एक सातामा बिहिबार बिहानसम्ममा कूल ४७ लाख ४५ हजारभन्दा बढी पटक हेरिएको छ।

२४ घण्टामै १ मिलियन भ्यूज कमै भिडिओलाई प्राप्त हुने गर्छ। सार्वजनिक जीवनबाट गुमनाम गायिका विष्णु माझीको नयाँ गीत रिलिज भएपछि सामाजिक सञ्जालमामा निकै चर्चा भइरहेको छ।

पछिल्लो समय कुनैपनि भिडिओले एकैदिनमा १ मिलियनको भ्यूज प्राप्त गरेका थिएनन्। विष्णु माझीप्रतिको चासो र कन्टेन्टको कारण भिडियोले एकैदिनमा यति धेरै भ्यूज कमाउन सफल भएको छ। पछिल्लो पटक प्रकाश सपुतको कुरा बुझ्न पर्च र पल शाह फिचर्ड गीत टाढा भएपनिलाई सुरुआती २४ घण्टामा ९ लाख पटक हेरिएको थियो।

हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्येका एक हुन् विष्णु माझी। 

प्रकाशित मिति: : 2021-08-26 11:55:00

प्रतिकृया दिनुहोस्